
१३ पौष २०७७, सोमवार
नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डल अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेत्तृत्वको प्रतिनिधिमण्डलसँग नेकपा विभिाजनलगायत विषयमा छलफल भइरहेको खुलमटार स्रोतले जनाएको छ ।
यसअघी हिजो उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो ।
नेकपा विभाजनपछि चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो । प्रतिनिधिमण्डलमा उपमन्त्री गुओ येचौले सँगै अन्तर्राष्ट्रिय विभागका चारजना सदस्यहरू छन् ।