
१३ पौष २०७७, सोमवार
लण्डनमा नेपाली भाषा र सस्कृति जोगाउदै आफनो पहिचान झल्काईरहेको नेपाली भाषा तथा सास्कृतिक केन्द्रले हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।
‘फ्याम क्विज’ नाम दिर्ईएको प्रतियोगितामा स्वस्ति योगी प्रथम सिद्धि तथा शिव पनेरु तथा अनमोल गुरुङ तेश्रा भएका छन ।
क्विजमा नेपाल, ब्रिटेन तथा विश्वका समसामयिक विषयहरुबारे प्रश्न गरिएको थियो । केन्द्रका उपाध्यक्ष भोला पनेरुले प्रतियोगितको संचालन गरेका थिए ।
‘नेपाली कक्षामा पढिरहेका बालबालिकाहरुलाई ै नेपाल तथा विश्वबारे सिक्ने मौका पनि मिलोस् भनेरकार्यक्रमको आयोजना गरिएको, केन्द्रका अध्यक्ष सुमन प्रधानले वताउनु भयो । उनले केन्द्रले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको ३ वर्ष देखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा सञ्चालन गर्दै आएको छ ।