१२ पौष २०७७, आइतवार

गुल्मी,नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालीगण्डकी गाउँ कमिटीको बैठकले पार्टीको कुनै पनि गतिबिधीमा सहभागी नहुने निर्णय गरेको छ । आज आइतबार बसेको कमिटीको बैठकले संसद बिघटन तथा पछिल्ला गतिबिधी नेपाली जनताको चाहना बिपरित चालिएको कदम भएको निश्कर्स निकाल्दै जनताको आशा एवम बिश्वास बिपरीत भएको ठानेको छ ।


बैठकमा धारणा राख्दै नेकपा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष रामजी ढकालले फुटगत र गुटगत राजनिती छाडेर नेताहरुलाइ सहमतीमा जान अनुरोध गर्नुभएको छ । ‘जनताको मतको दुरुपयोग हुनु दुर्भाग्य हो’, अध्यक्ष ढकालले भन्नुभयो, ‘यसमा सहभागी हुन जरुरी छैन ।’ बैठकले कार्यकर्तालाइ समेत ओली र प्रचण्ड नेपाल समुहको कुनै पनी कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर