१२ पौष २०७७, आइतवार

अव मलेसियामा काम गर्दा कुनै समस्या भएमा नेपाली भाषामै मोवाइल एप्स मार्फत उजुरी दिन सक्ने भएका छन । मलेसिया सरकारले नै यस्तो प्रकारको एप्स ल्याउन थालेको हो ,  आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा आउन लागेको छ ।

मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले नेपाली, बंगाली , इन्डोनेसिया , फिलिपिन्स , म्यानमार,लगायभाषामा एप्स तयारी भैरहेको जानकारी दिए । उनले मोवाइल एपले विदेशी श्रमिकको अधिकार र कामको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने प्रवन्ध हुने जानकारी दिएका छन् । श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने जनाइएको छ ।

मलेशियामा विशेषगरी आप्रवासी श्रमिकमाथि शोषण हुने गरेको छ । भनिएअनुसारको काम तथा तलव नदिइने, उचित बसोवासको प्रवन्ध नहुने तथा अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक नपाउने मुख्य समस्या हुन् । यसैगरी रोजगारदाताले मानशिक तथा शारिरीक दुव्र्यवहार गर्दै काम गर्न बाध्य पार्ने गरेको घटना समय समयमा सार्वजनिक हुने गरेका छन् ।अहिले मलेसियामा करीव पाचँलाख नेपाली श्रमिक कार्यरत रहेको वताईछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर