संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानभन्दा पैसा ठूलो नभएको बताउनु भएको छ । मन्त्री ढकालले संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी ग्रहण गर्दै पैसाका लागि भन्दापनि सेवाका लागि राजनीति गरेको बताउनु भयो ।

उहाँले मन्त्रालयका कर्मचारीहरु समक्ष राजनीतिकबाट सकेसम्म सेवा र सुनाम कमाउने बाहेक अरु स्वार्थ नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य नभइ सेवामा समर्पित हो, मलाई सुनाम कमाउनु कमाउनु बाहेक अरु छैन।’

https://amzn.to/4myfPN5

मन्त्री ढकालले राज्य दोहन गरेर आफूले के पाउने भन्दा पनि राज्यलाई समृद्ध बनाउन मैले के सहयोग गर्न सक्छु भन्ने उदेश्य रहेको बताउनु भयो । त्यस्तै मन्त्री ढकालले आबद्ध संस्थाप्रति आफ्नो उपयोगिता कसरी बढाउन सकिन्छ भन्नेमा फराकिलो भएर सोच्न सबैलाई आग्रह गर्नुभयो ।

आफूले सम्हाल्दै गरेको मन्त्रालयको इतिहास गर्भलाग्दो भएपनि केहीले नराम्रो काम गरेकोेले बदनाम भएको मन्त्ती ढकालले बताउनु भयो । बिगतका बदनामबारे अब अध्यायन गरेर सुधारहरु ल्याउने मन्त्री ढकालको भनाइ थियो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्तालयमा रहुनु भएको मन्त्री ढकाललाई पछिल्लो मन्त्रत्रिपरिषद पुनर्गठनमा प्रधानमन्त्तीले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकाे जिम्मा दिनुभएको थियो । मन्त्री ढकालले आइतबारबाटै मन्त्रालयको जिम्मेवारी लिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर