
११ पौष २०७७, शनिवार
नेकपा टुक्रिएपछि पर्वत जिल्लामा पनि प्रभाव गाढा रुपमा परेको छ । केपी ओली गुट र प्रचण्ड-माधव गुटका समर्थक नेता तथा कार्यकर्ताले आफ्ना कार्यक्रम अंघि बढाइरहेका छन ।
युवा संघ पर्वतका सचिवालय सदस्य युवा नेता सुनिल सिङ बानियाँले पर्वतमा ओली समुह बलियो रहेको बताएका छन । पार्टी भित्र सक्रिय, निडर तथा तार्किक युवा नेताको रुपमा परिचित नेता सुनिल सिङ बानियाँले एक कुराकानीमा पर्वतमा ओली समुह हरेक हिसाबले सवल रहेको ठोकुवा गरेका हुन । राजनीतिक रुपमा जिल्ला देखी केन्द्रसम्म राम्रो छाप स्थान बनाएका नेता कार्यकर्ता ओली गुटमा रहेकाले यो समुह सवल रहेको बताए । बानियाँ भन्छन् “हेर्नुहोस गन्दै जाने हो भने पनि स्थानीय पार्टीको नेतृत्व होस वा जनप्रतिनिधि देखि राष्ट्रिय स्तरमा परिचीत स्थान बनाएका नेताहरु ओली समुह मै छन अनि अर्को समुह कसरी बलियो हुन्छ ?” उनले थपे जिल्लामा राजनीति, सामाजिक होस् वा व्यवसायका हिसाबले पनि ओली समुहका युवाहरु तथा नेता कार्यकर्ता सवल रहेकाले राजनीतिमा यसको प्रभाव ठुलो हुने बताए ।
नेता वानियाँले प्रचण्ड-माधव गुट भन्दै लागिरहेका साथीहरू पनि भोलि ओली गुटमै आउने निश्चित रहेको बताए । “एकदिन ओली गुटमै आउनु त छँदैछ भोलि आउनु भन्दा आजदेखी नै एकजुट भएर जान फरक गुट भन्दै हिडेका साथीहरूलाइ पनि अनुरोध गर्दछु ।” उनले भने । नेतृत्व त ओली समुह मै छ त्यसैले मेरो समर्थन यो समुहलाई हो, अरु छुटेका युवा तथा कार्यकर्ताहरुलाई परिस्थिति बुझाएर संगै संगठित गर्ने बानियाँले सुनाए । नेता बानियाँले नेकपा टुक्रिने परिस्थिति प्रचण्ड- माधवका कारणले नै आएकोले कार्यकर्ताले असल नेतृत्व बुझेर अघि बढ्न आग्रह समेत गरे ।नेता बानियाँले आफु लामो समयदेखी युवा संघको राजनीतिमा रहेकोले समयको माग, युवा साथीहरूको साथ, अग्रज नेता कार्यकर्ताको सल्लाह अनुसार जुन भुमिका आउँछ सोही अनुसार आफु तयार रहेको बताए । त्यस्तै आगामी दिनमा व्यावसायका साथै राजनीति र समाजसेवामा रहने प्रतिबद्धता व्यक्त गरे