११ पौष २०७७, शनिवार

झापाको दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने भएको छ ।विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म याक्थुङ् लिम्बु भाषा ‘आनीपान’ पठनपाठन गर्ने गरी शिक्षक नियुक्त गरिएको जनाएको छ । यसअघि पनि विद्यालयले एक दशक

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अघिदेखि नीजि स्रोतबाट एक जना शिक्षक राखेर ऐच्छिक विषयका रुपमा लिम्बू भाषा पठनपाठन गर्देआएको थियो ।विद्यालयका प्रधानाध्यापक विष्णु वहादुर राईले दमक नगर शिक्षा समितिले लिम्बु भाषा पठनपाठनका लागि एक जना तृतीय श्रेणीको शिक्षकको सुविधा उपलव्ध गराउने भएपछि लिम्बू भाषा पढाईले नियमितता पाउने अवस्था आएको वताए ।
त्यसका लागि शिक्षा विद्यालयले याक्थुङ् लिम्बु भाषा शिक्षक दिपेन्द सेलिङलाई छनौट गरिसकिएको उनले वताए । विद्यालयमा अहिले ५० जना विद्यार्थीले लिम्बू भाषाको पुस्तक आनीपान पढ्दैआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर