११ पौष २०७७, शनिवार
झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा टाटा सुमोले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।