१० पौष २०७७, शुक्रवार

सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा रुकुम पश्चिमको चौरजहारीमा चार जना घाइते भएका छन् ।

https://amzn.to/4myfPN5

चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा दोहोरो झडप नियन्त्रणको लागि प्रहरीले एक राउण्डहवाई  फायरसमेत गरेको छ । पुरानो ठाउँबाटै सडक सञ्चालन गर्नुपर्ने र नयाँ ठाउँमा सडक बनाउन खोज्ने समूहबीच लामो समयदेखि विवाद रहेको थियो ।

झडपमा  ४२ वर्षीय शंकर जैसी, कृष्णप्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते शंकरलाई थप उपचारको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर