१० पौष २०७७, शुक्रवार
पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ। संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ।