
१० पौष २०७७, शुक्रवार
बलिउडका वरिष्ठ अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। रक्तचापमा गम्भीर उतारचढाव आएपछि शुक्रबार बिहान उनलाई हैदरावादस्थित एक अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। गत १० दिनयता हैदरवादमा तमिल सिनेमाको छायांकनमा थिए। केही सहकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि छायांकन रोकिएको थियो।