 
							१० पौष २०७७, शुक्रवार
भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ ।
मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । यसैगरी डोटि
जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नम्वरको कारको ठक्करबाट
आठ वर्षीय बालक गोरख वलायरको मृत्यु भएको छ ।
गए राति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका निज बालकको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप
उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । कारलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com