
९ पौष २०७७, बिहिवार
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।
नेकपा केन्द्रिय समतिका निर्णयहरू: –
१० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । – दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने । – क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनका विरूद्द सघर्ष समिति गठन ।