
९ पौष २०७७, बिहिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिइ आफ्नो समूहको नेकपामा केन्द्रीय सदस्य बनाएको भन्दै केही नेताले पद अस्वीकार गरेका छन् । मंगलबार ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो ।तर केही नेताले भने केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । यसरी अस्विकार गर्नेहरुमा डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ, गोपाल बुडाथोकी–झापा, जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री , ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख, सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव, कमलेश झा–नेकपा प्रदेश २ सदस्य, भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य, बृहस्पति अधिकारी–नवलपरासी, जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख, अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य रहेका छन ।