९ पौष २०७७, बिहिवार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (समूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

https://amzn.to/4myfPN5

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन् । चार दिनसम्म कुन समूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रोजेका हुन् ।

आजको केन्द्रीय समिति बैठकअघि पन बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।  उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो।

प्रतिक्रिया

सम्बन्धित खवर