
९ पौष २०७७, बिहिवार
नेकपाका प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पार्टीको महासचिव चयन गर्ने तयारी गरेका छन्। साविक महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले प्रचण्ड-माधव पक्षले अर्का महासचिव चयन गर्न लागेका हुन्।
स्रोतका अनुसार महासचिव बन्ने सम्भावनामा नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा, घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ छन्। तीन शीर्ष नेता मध्ये अध्यक्ष प्रचण्डले वर्षमान, माधव नेपालले भीम रावल र झलनाथ खनालले सुरेन्द्र पाण्डेकाे नाम लिएका छन्। तर यीमध्ये सबैभन्दा बढी सम्भावना सुरेन्द्र पाण्डेको छ।