
९ पौष २०७७, बिहिवार
बलिउडमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टलाई सुन्दर जोडीका रुपमा लिने गरिन्छ । प्रेमसम्बन्धमा रहेको केही समयदेखि नै रणवीर र आलियाले विवाह गर्न लागेको चर्चा चल्ने गरेको थियो ।
अझ रणवीरका पिता अभिनेता ऋषि कपुर बिरामी भएको समयमा आलिया लन्डन मै बसेर हेरचाह गरेका कारण हल्लालाई बल मिलेको थियो । हुन पनि बलिउडमा यो जोडीले सन् २०२० भित्रै विवाह गर्ने चर्चा थियो तर कोरोनाका कारण लगाइएको बन्दाबन्दीका कारण यो सम्भव हुन सकेन ।सौर्य दैनिकमा खबर छ ।
अहिले पुनः उनीहरूले सन् २०२१ भित्र विवाह गर्ने हल्ला बाहिरिएको छ । यसैबीच अभिनेत्री आलियाले यस विषयमा प्रतिक्रिया दिँदै तत्काल विवाह नगर्ने जिकिर गरेकी छन् । उनले एक समाचार माध्यमलाई दिएको अन्तर्वार्तामा आफू बल्ल २५ वर्षको भएकाले विवाहका लागि अझै समय रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘जो भेटे पनि विवाहको कुरा सोध्छन् । सबैलाई थाहा छ कि म बल्ल २५ वर्षकी छु । सौर्य दैनिकमा खबर छ । अहिले विवाह गर्न हतार गर्ने समय छैन ।’ चलचित्र ‘ब्रम्हास्त्र’ को सेटमा भेटिएका रणवीर र आलियाको प्रेम त्यहीँबाट सुरु भएको थियो । त्योभन्दा अघि अभिनेता रणवीर अभिनेत्री कट्रिना कैफको प्रेमसम्बन्धमा थिए भने आलिया अभिनेता सिद्धार्थ मल्होत्रासँग प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।