९ पौष २०७७, बिहिवार
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङ बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य ३ जना घाईते भएका छन उनीहरुलाइे उपचारको लागि डडेलधुरा अस्पतालमा लगिएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

यसैगरी ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट एक युवाको मृत्यु भएको छ। बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।जीपका चालक राजु तामाङ पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर