८ पौष २०७७, बुधवार

जनता समाजवादी पार्टी पर्साले बुधबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । प्रधान मन्त्री केपि ओलीको बिरोधमा चर्को नाराबाजी गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । वीरगंजको घण्टाघरबाट शुरु भएको प्रदर्शन मकालु चोक,घडिअर्वा हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी सोचका कारण देशको राजनैतिक अवस्था अन्योलमा पुगेको आरोप लगाएका थिए । ओलीको राष्ट्रघाती कदमको विरोधको जसपाले जोडदार आन्दोलन गरी संसद पुर्नबहाली गर्ने तर्फ अघि बढने बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर