८ पौष २०७७, बुधवार
नेपाली काँग्रेसका युरोप स्थित विभिन्न देशमा स्थापित जनसम्पर्क समितिहरूले आगामी २८ डिसेम्बरमा हुने भनिएको जनसम्पर्क समिति युरोपको जुम अधिवेशनमा भाग नलिने भएका छन् । १६ वटा शाखाले युरोप जनसंपर्क समितिको अधिवेशनमा सहभागीता नजनाउने वताएका हुन । यसरी सहभागि नजनाउनेहरुमा सभापतिहरू सिता सापकोटा बेल्जियम,सिता अर्याल साईप्रस,वीरेन्द्र सिंह कार्की डेनमार्क, सुधीर राना फ्रान्स,शिखर खड्का जर्मनी,प्रेमसिंह गुरुङ नेदरल्याण्ड,राजन चापागाई ईटली, खगेश्वर अधिकारी इजराएल,बालकृष्ण सापकोटा लगज्जेम्बर्ग,सन्देश के सी माल्टा,जितेन्द्र शाही नर्वे,डा अलिनी पोखरेल सुबेदी पोलेण्ड,ईन्द्र प्रसाद शर्मा स्पैन, नवीन थपलिया स्वीडेन,श्याम सापकोटा स्वीट्जरल्याण्ड,शुक्रराज न्यौपाने आयरल्याण्ड रहेका छन ।
सन २००६ मा स्थापित जनसम्पर्क समिति विवादका कारण हालसम्म आफ्नो अधिवेशन सम्पन्न गर्न सकेको छैन
पन्ध्र बर्ष सम्म अधिबेशन नगरी अनिर्णयको बन्दी बनाइएको समन्वय समितिको अधिबेशन सम्वन्धित पक्षहरू बीचमा कुनै सरसल्लाह,संवाद र सहमति बेगर नै एकलौटी र मनोमानीपूर्ण ढँगले आगाडी बढाइनु कसैको पनि हीतमा नरहेको ठहर गर्दे अधिवेशनमा भाग नलिने वताएका छन ।