नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पनि उत्पतिको प्रमाणपत्र जारी गर्न पाउने भएका छन् । सरकारले ‘उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०७७’ पारित गरेसँगै महासंघ यी दुई  संस्थाले पनि पनि को एकाधिकार तोडिएको हो । यसअघि यस्तो प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासंघले मात्रै जारी गर्दै आएको थियो ।

सरकारले जारी गरेको कार्यविधिले अब भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र (सीओ) जारी गर्न तीनै निजी उद्यमीहरूको छाता संस्थाहरूले पाउने छन् । सीएनआई र चेम्बरले समेत उत्पतिको प्रमाणपत्र जारी गर्न पाउने भएपछि नेपाल उद्योग वाणिज्य महासंघको अहिलेसम्मको एकाधिकार तोडिएको छ ।

उत्पतिको प्रमाणपत्र जारी गर्नको लागि उद्योग, व्यवसाय तथा आयात निर्यातसँग सम्बन्धित केन्द्रीयस्तरको छाता संगठन हुनुपर्ने योग्यता कार्यविधिमा तोकिएको छ । तर, द्विराष्ट्रिय तथा बहुराष्ट्रिय चेम्बर अफ कमर्श तथा वस्तुगत संघ तथा महासंघले भने यो उत्पतिको प्रमाणपत्र जारी गर्न पाउने छैनन् । अब नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग पसिंघले समेत भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र जारी गर्न पाउने वाणिज्य मन्त्रालय प्रवक्ता नारायण प्रसाद रेग्मीले बताए । ‘अब महासंघ, सीएनआई र चेम्बर तिनै वटा संस्थाले  भारततर्फको निकासीमा उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार दिइएको । कार्यविधि जारी भएपछि महासंघको एकाधिकार खोजिएको छ । उत्पतिको प्रमाणपत्र जारीका लागि अधिकार प्रत्यायोजन गर्न मन्त्रालमा सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको अध्यक्षमा गठन हुने उक्त समितिमा मन्त्रालय सोही महाशाखाका उपसचिव सदस्य रहने छन् भने उद्योग तथा भन्सार विभागको एक÷एकजना प्रतिनिधि र निर्यात प्रवद्र्धन तथा व्यापार महाशाखाका सदस्य सचिव रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर