
८ पौष २०७७, बुधवार
बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुपको संक्रमण तिव्र गतिमा फैलिदै जाँदा फ्रान्स सहितका विभिन्न देशहरुको नाकाबन्दी लगाएपछि खाद्यसंकट देखिने भएको छ ।
अबको २४ घण्टाभित्र फ्र्रान्सले डोभर नाका नखोले ताजा खानेकुराको अभाव हुने भएको हो ।
व्रिटिश रिटेल कन्सोर्टियमका विज्ञ एन्ड्रेउ अपीले क्रिसमसको निम्ती ताजा खाद्यान्नको अभाव नहुने भएपनि २७ गतेदेखि खाद्यान्नको चरम अभाव हुन सक्ने बताए ।
त्यस्तै विज्ञ डनकान बुचनानले पनि डोभर बोर्र्डरबाट कन्टेनरहरु यूके आउन नपाएको खण्डमा यूकेमा ठूलै खाद्य चुनौति आउने बताएको स्थानिय पत्रिका द मेट्रोले जनाएको छ ।