७ पौष २०७७, मंगलवार

काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला लगाएका छन् ।

उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।

जिल्लामा नेकपाका पार्टी इञ्चार्ज गोकुल बाँस्कोटालगायत केपी पक्षमा रहेका छन् भने पार्टीका अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबा प्रचण्ड–नेपाल पक्षका हुन् ।

नेकपाका जिल्ला सचिव टोकबहादुर वाइबाले आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताए । यदि कब्जा गरेको भन्ने हल्ला हो भने कसैले कब्जा गरेर पार्टी कार्यालय कब्जा नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर