७ पौष २०७७, मंगलवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेलामा पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन्। सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भनेर जीवन शर्माको गीत गुनगुनाएका थिए।

https://amzn.to/4myfPN5

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’
उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । त्यसमा १९७ जना पछि थप गर्ने जानकारी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर