
७ पौष २०७७, मंगलवार
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई ध्यान राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको छ । यसर्थ सभामा सहभागी हुनेहरुलाई आइडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
सभाले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।