
७ पौष २०७७, मंगलवार
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग भेटघाट गरेका छन् । मंगलबार बिहान थापाको सरकारी निवास पुल्चोक पुगेर दाहालले छलफल गरेका हुन् । छलफलका क्रममा प्रचण्डले बादलसँग आफूलाई साथ दिन भनेका छन् । सरकारले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका बेला दाहालले बादललाई भेटेका हुन् ।