७ पौष २०७७, मंगलवार
उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरूले बक्यौता भुक्तानी सुरु गरेका छन् । श्रीराम सुगर मिलले पुस ३ मा १६ करोड ४४ लाख ७० हजार रुपैयाँ र ५ गते ८ करोड ८५ लाख ५७ हजार रुपैयाँ गरी २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ ।
‘पुस ५ देखि बक्यौता रकम भुक्तानी सुरु गरेका छौं,’ अन्नपूर्ण सुगर मिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा किसानलाई १८ करोड भुक्तानी गरेका छौं । अब नियमित रूपमा दैनिक १ करोडका दरले किसानको खातामा पठाउने भुक्तानी सूची तय भएको छ । लुम्बिनी सुगर मिलले माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको जनाएको छ । श्रीरामले एक–दुई दिनमै सबै भुक्तानी गर्ने जनाएको छ ।









