३० साउन

तीन महिनादेखि चलेको सत्तारुढ नेकपाको विवाद केही मत्थर भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केही लचक भएपछि विवाद समाधानउन्मुक्त अघि बढेको नेताहरु बताएका छन् ।

बिहीबार दिउँसो अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा करिब चार घन्टा लामो छलफल भएको थियो । छलफलमा ओलीले पार्टीको स्थायी कमिटीबाट स्वीकृती गराएर मात्र अबदेखि आफुले कुनै पनि निर्णय गराउने बताएका छन् । सो भेटपछि प्रचण्डले थापागाउँमा अन्य नेताहरुलाई छलफलबारे ब्रिफिङ गरेका थिए ।

एक नेताका अनुसार ओली पहिलेभन्दा लचक भएको प्रचण्डले बताएका छन् ।
ओली र प्रचण्डको भेटमा अन्य नेता पनि सहभागी थिए । छलफलको सुरुवातमै नेकपा महासचिव विष्णु पौडेलले कम्प्युटर खोलेर सहमतिको ड्राफ्ट पढेर सुनाएका थिए। बालुवाटारको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी थिए।

‘महासचिवजीले प्रस्तुत गर्नुभएको ड्राफ्टमा केपीजी पाँचै वर्ष प्रधानमन्त्री रहने र मलाई अझ बढी अधिकारसहितको कार्यकारी अध्यक्ष बनाउने त्यसको मजबुन थियो’, प्रचण्डको भनाई उद्धृत गर्दै भेलामा सहभागी भएका एक नेताले भने।

पौडेलले प्रस्ताव प्रस्तुत गरिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सहमतिको ड्राफ्ट कस्तो लाग्यो भनेर सोधेका थिए। आफूले साथीहरुसँग छलफल गरेर मात्रै त्यसबारेमा धारणा राख्ने जवाफ दिएका थिए।

प्रचण्डले थापागाउँमा गरेको ब्रिफिङ अनुसार बालुवाटारको छलफलमा महाधिवेशन आयोजक कमिटी बनाउने, महाधिवेशनपछि अध्यक्ष बनाउने लगायतका विषयमा छलफल भएको थियो । दृष्टिअनलाईनवाट

प्रतिक्रिया

सम्बन्धित खवर