६ पौष २०७७, सोमवार
बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ ।
‘बेलायतको कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,’ उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।’
उडान स्थगितको यो निर्णय मङ्गलबार राति ११:५९ बाट लागू हुने बताइएको छ ।









