३० साउन
घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जनभन्दा बढी युवा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । अखिल नेपाल युवक सङ्घ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरी युवाहरूलाई पार्टीमा प्रवेश गराएको हो ।
युवक सङ्घ नगर उपाध्यक्ष सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राजमो जिल्ला अध्यक्ष गणेश आचार्यलगायतकाले मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रमबाट वडा नम्बर ३ को वडा समितिसमेत गठन भएको छ । समितिको अध्यक्षमा निरज विक, उपाध्यक्ष अनिल विक, सचिव प्रबिन नेपाली, सहसचिव निरज नेपाली, कोषाध्यक्ष जनम नेपाली, सदस्यमा मदन नेपाली, होमबहादुर सुनार, सन्दिप नेपाली, सागर विक, हेमन्त विश्वकर्मा र केदार नेपाली रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर