
५ पौष २०७७, आइतवार
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले आइतबार साँझ फेसबुकमा संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाऊ गरेका छन् ।
‘पार्टी एकताको मर्म विपरीतको समीकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो’ उनले भनेका छन् ।
पोखरेलले पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको भन्दै यस्तो अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिने उल्लेख गरेका छन् । उनले सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्याउने भन्दै गम्भीर र जिम्मेवार बन्न सुझावसमेत दिएका छन् ।
हेरौ फेशवुक