
५ पौष २०७७, आइतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। आइतबार साँझ बालुवाटारमा सुरक्षा निकायका सबै प्रमुखहरूसँग छलफल गरेका हुन्।
छलफलमा नेपाल प्रहरीका प्रमुख आइजीपी शैलेशकुमार क्षेत्री, प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरी प्रमुख आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएका छन्।