५ पौष २०७७, आइतवार

कोरोना  सङ्क्रमणबाट  विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।

एनआरएनका स्वास्थ समिति संयोजक  डा सञ्जीव सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमसलगायत अँग्रेजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर