२९ साउन
पाल्पा,तानसेन वजारको एक महिलाको कोरोना पोजेटिभ आएपछि तानसेनको केहि स्थानलाई सिल गरिएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएपछि थप अरुमा फैलन नदिनको लागि केहि स्थानहरुलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सुचना जारी गर्दै तानसेन नगरपालिकाको पुर्वमा हुलाक चोक,पश्चिममा गौरी शंकर गेष्टहाउस क्षेत्र,उत्तरमा टक्सार माछा पसल,पश्चिममा पेटा्ेल पम्प सम्म सिल गरिएको जनाएको छ ।
कोरोना सक्रमित महिला गृहणि हुन ।समुदायस्तरमा संक्रमण देखिएको तानसेनको यो पहिलो घटना हो । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ ।
समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विहिबार थपिएका एक जना संक्रमितसँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर