४ पौष २०७७, शनिवार

मुस्ताङका स्थानीय तहले नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न तयार रहेको वताएका छन् । घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले पत्रकार महासंघसंग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्न तयार रहेको बताए । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको नवौं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष थकालीले जिल्लाको समग्र विकास, सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको वताए । साधारणसभामा महासंघका शाखा अध्यक्ष सुन्दरकुमार थकाली शाखाको सांगठनिक र प्रगति प्रतिवेदन प्रस्तुत गरे
कार्यक्रम शाखाका सदस्य राजु सेन्चुरीले स्वागत मन्तब्य  गरे ।  साधारण सभाको सञ्चालन शुशिलबाबु थकालीले गरेका थिए ।शाखाका कोषाध्यक्ष निरज थकालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर