४ पौष २०७७, शनिवार
एजेन्सी– टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ जनाको मृत्यु भएको टर्कीका स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन । अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।
गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो ।
घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।









