
४ पौष २०७७, शनिवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको छ ।
रौतहटको माधव नारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका ६६ वर्षीय पुजारी श्रीराम साहको गोली हानी हत्या भएपछि नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले उक्त स्थानमा हनुमान मन्दिर र मठ बनाउने घोषणा गरेका थिए ।
लगत्तै मौलापुर नगरपालिकाकी नगरप्रमुख रीनाकुमारी साह तथा माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमल कुमारी साहले शिलान्यास गरेकी थिइन । डीपीआर तयार भएसंगै अब मन्दिर र मठको कार्य प्रारम्भ भएको छ ।
गत भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।