४ पौष २०७७, शनिवार

बैतडी, भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने बताइएको छ।

सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले भने, ‘सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आ पराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो।’

यसअघि सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखी सशस्त्र प्रहरीले जिल्लाका झुलाघाट नाका, पञ्चेश्वरको रोलघाट र शिवनाथको कुस्मौत घाटमा बीओपी स्थापना गरेर सेवा दिइरहेको छ।

बीओपी स्थापनापछि सीमा क्षेत्रमा हुने अ पराध, सीमा क्षेत्रबाट हुने त स्करी, मानव बे चबिखनलगायतका घटनामा नियन्त्रण ल्याउन सकिएको शाहले बताए। बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर