४ पौष २०७७, शनिवार

प्रदेश नं १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग शुक्रबार स्किम बैँक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा यस्तो बताईएको हो ।

उद्योग व्यवसाय सञ्चालन गर्ने सोच भएका मिहेनती युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिनुभएको छ ।

कार्यक्रम सञ्चालनका लागि नमूना स्थानीय तहका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र,  मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर