४ पौष २०७७, शनिवार

ओखलढुंगा, नेता रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा विद्युतीकरणको पहल गर्न नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरेका छन् । खतिवडाले जिल्लाका ७५ वटै वडामा विद्युत विस्तारको पहल गर्न शाक्यसँग भेट गरेका हुन् ।

भेटघाटमा २०७८ भित्रै जिल्लाका सबै वडाका घरमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने विषयमा छलफल भएको खतिवडाले बताए । सोही भेटघाटमा मानेभञज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले सोलु करिडोरमार्फत विद्युत प्राधिकरणले  २०७७ सालभित्रै मानेभञ्ज्याङका ९ वटै वडामा विद्युत जडान गर्न प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर