३ पुष २०७७

चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ । वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । द गार्डियनका अनुसार सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा भिडियोको संख्या १ करोड ३० लाख थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पोर्नहबमाथि यसअघि नाबालिग र यौन तस्करीको शिकार भएका माहिलाको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्ने गरेको थियो । यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा साइटमा ठूलो संख्यामा आपत्तिजनक, गैरकानुनी भिडियो भएको दावी गरिएको थियो । त्यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी भिसा र मास्टरकार्डले पोर्नहबको भुक्तानी प्रोसेस नगर्ने घोषणा गरेका थिए ।

पोर्नहबमा अब भेरिफिकेसनबिना भिडियो अपलोड गर्न पाइने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर