३पुष २०७७

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई छानविन गरी कारवाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा गरिएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो ।

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।  छलफलमा मन्त्री ढकालले खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका थिए ।
समितिका सदस्यहरू मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा थिए भने सांसद प्रेम आलेले यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर