३ पौष २०७७, शुक्रवार

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका मनाइने बताएका छन्।

‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा नगरे पनि सन् २०२१ नेपालका लागि आन्तरिक पर्यटन वर्ष भएको बताएका हुन्।

मन्त्री भट्टराईले भने, ‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’

उनले भने ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिँदै जाँदा सफल पनि हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर