३ पौष २०७७, शुक्रवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४२ लाख कित्ता शेयर सूचीकृत भएको छ । युनाईटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीको ४२ लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ९८ दशमलव ७९ देखि २९६ दशमलव ३७ रुपैयाँसम्म तोकेको छ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।