३ पुष २०७७

मनाङमा फेरि  कोरोना  सङ्क्रमण देखिएको छ । जिल्लामा १  जनामा सङ्क्रमण देखीय्को हो । मनाङमा  सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएकोमा  निको भएकोमा नौ जना निको भैसकेको  जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।

शून्य भएको धेरै दिनपछि फेरि  एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उहाँको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर