
३ पौष २०७७, शुक्रवार
नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति युरोपको दोश्रो अधिवेशन यही डिसेम्बर २८, २०२० मा हुने भएको छ । युरोप भरिका जनसम्पर्क समितिहरुको छाता संस्थाको अधिवेशन र यसबाट चयन हुने नेतृत्वका बारेमा युरोप र नेपालमा पनि चासोको साथ हेरिएको छ ।अधिवेशनका लागि आवश्यक तयारी र प्रतिनिधिको व्यबस्थापन तीव्र बनाइएको वरिष्ठ उपाध्यक्ष पूर्ण हमालले जानकारी दिए ।