२ पुष २०७७ बिहीबार

देशभर हाल ३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २८९ जना आईसीयूमा र ५९ जनाको भेन्टिलेटर उपचार भइरहेको हो ।

प्रदेश १ मा ३७ जना आईसीयूमा र ७ को भेन्टिलेटरमा, प्रदेश २ मा ११  जना आईसीयूमा र २ भेन्टिलेटरमा  बागमती प्रदेशमा १०४ जना आईसीयूमा र २५   जना भेन्टिलेटरमा     गण्डकी  प्रदेशमा ८२ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ को आईसीयूमा र ६ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र ४ जना  भेन्टिलेटरमा तथा सूदुरपश्चिम प्रदेशमा ६ जना  आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर