१पुष २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले ल्याएको संसद छलेर अध्यादेश संविधानको मर्म विपरित ल्याएको भन्दै तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो ।
अध्यादेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।
कांग्रेसले पुस ३ गते संसदीय दलको कार्यसमिति बैठक समेत बोलाइएको छ । पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।