१ पुस, २०७७

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति  मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरि पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया  महिलाको पनि  मृत्यु भएको छ ।

मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर