काठमाडौं, १ पुस ।  नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नुभएकाे छ ।

मंगलबार जारी गरेकाे संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश सम्बन्धमा ट्वीटमार्फत थापाले उक्त टिप्पणी गर्नुभएकाे हाे । थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको उक्त असंवैधानिक र निरंकुश कमदलाई असफल बनाएरै छाड्ने उद्घोष पनि गर्नुभएकाे छ ।

‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने! @kpsharmaoliसरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!!” थापाले ट्वीटरमा लेख्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर